
२२ माघ, काठमाडौं । बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरुले तत्काल आपूर्ति बढाउन सरकारसँग माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।
भेटमा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि व्यवसायीसँग आवश्यकता अनुसार परामर्श गरेर अगाडि बढ्ने उनले बताए ।
मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरुले सुनचाँदी कारोबारको निर्देशिका समेत जारी गर्न आग्रह गरे । भेटमा व्यवसायीहरुले सुनचाँदी व्यवसायीहरुले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया 4