+
+
Shares

म्याद गुज्रेको औषधि दिने स्वाथ्यकर्मी र शिक्षकलाई कारबाही गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते २१:१३

२२ माघ, काठमाडौं । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले म्याद गुज्रेको ‘फोलिक एसिड’ दिने स्वास्थ्य शाखा प्रमुख र उक्त औषधि सामाजिक सञ्जालमा राख्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बाल आधारभूत विद्यालयलाई म्याद गुज्रेको आइरन चक्की दिएको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईलाई र म्याद गुज्रेको आइरन चक्की लिएर गएपछि सम्बन्धित शाखालाई जानकारी नगराई चर्चाको लागि सामाजिक सञ्जालमा राखेको भन्दै शिक्षकहरुलाई कारबाही गर्ने तयारी भइरहेको पालिकाको कार्यपालिकाले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक रबिन राई भने पालिकाको स्वास्थ्य शाखाले दिएको औषधि ल्याएर खुवाउने बेलामा हेर्दा म्याद गुज्रेको पाएपछि सम्बन्धित कार्यालयलाई जानकारी दिएर औषधि समेत फिर्ता गरिसकेको बताउँछन् । उनले भने, ‘हामीले ल्याएर खुवाउने बेलामा हेर्दा केही औषधि म्याद गुज्रेको पाएपछि तुरुन्तै सम्बन्धित शाखामा जानकारी गराएर सबै औषधि फिर्ता गरिसकेका छौं ।’

उनका अनुसार पालिकाको स्वास्थ्य शाखाले पुस २९ गते दश वर्षमाथिका किशोरीलाई दिइने ‘फोलिक एसिड’ आइरन चक्की लिन बोलाएको थियो । तर उनी माघ ३ गते मात्रै लिन गएका थिए ।  माघ ४ गते दिन विद्यार्थीलाई खोज्दा म्याद गुज्रेको पाइएको प्रधानाध्यापक राईले बताए । १७ स्ट्रिप (१ एक स्ट्रिपमा दश चक्की भएको) शाखाले दिएको मध्ये सात स्ट्रिपको म्याद गुज्रेको पाइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले आइरन चक्कीको म्याद गुज्रेकोबारे सम्बन्धित कार्यलयमा जानकारी नदिइएको र फिर्ता पनि नदिई सामाजिक सञ्जालमा तस्वीरसहित राखेर शिक्षकहरुले विद्यार्थीको स्वास्थ्य संवेदनशीलतालाई बेवास्ता गरेकाे बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?