+
+

३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते ११:५९

काठमाडौं । पपस्टार बियोन्सेले यस वर्षको ग्रामीमा थप चार विधा जित्दै विश्व संगीत इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मीको कीर्तिमान रचेकी छन् । यो जितसँगै उनले जितेको ग्रामी अवार्ड संख्या ३२ पुगेको छ । उनी यस वर्षको ग्रामीमा ९ विधामा मनोनित भएकी थिइन् ।

बियोन्सेले हंगेरी–ब्रिटिस कन्डक्टर जर्ज सोल्टीको कीर्तिमानलाई उछिन्दै ग्रामीको इतिहास आफ्नो पोल्टामा पारेकी हुन् । २० वर्षयता सोल्टीको रेकर्डलाई कसैले उछिन्न सकेको थिएन ।

पछिल्लो एल्बम ‘रेनेसान्स’बाट बियोन्सेले उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक विधामा जित हासिल गरिन् । उनको गीत ‘कफ इट्’ले सर्वश्रेष्ठ आरएण्डबी विधामा जित्यो । ‘म धेरै भावुक नहुन कोसिस गर्दैछु,’ ग्रामी समारोहको टेलिकास्टमा उनले भनिन्, ‘म यो रातलाई महसुस गर्दैछु । मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’ उनले जितको श्रेय आमाबाबु, श्रीमान् र तीन बच्चालाई दिइन् ।

उनका अन्य दुईवटा अवार्ड चाहिं लाइभ टेलिकास्ट नभएको समयमा दिइयो, जसमा गीत ‘ब्रेक माइ सोल’लाई नृत्य/इलेक्ट्रोनिक रेकर्ड र ‘प्लास्टिक अफ द सोफा’लाई आरएण्डबी विधाका लागि पुरस्कृत गरियो । बियोन्सेले यसअघि नै एचआईभीविरुद्धको लडाइँले नृत्य संगीतमा उनको रुचि र लैंगिक अल्पसंख्यक समुदायको ऐतिहासिक सम्बन्धलाई उक्त एल्बम ‘रेनेसान्स’मा प्रभावित तुल्याएको बताएकी थिइन् ।

ह्यारी स्टाइल्सले शीर्ष पुरस्कार मानिने एल्बम अफ द इयर जिते । उनको एल्बम ‘ह्यारीज हाउस’ वर्ष एल्बम घोषित भयो । विश्व संगीत उद्योगको प्रतिष्ठित मानिने ग्रामी समारोह नेपाली समयानुसार आज (सोमबार) बिहान पौने ७ बजेदेखि सुरु भएको थियो । कार्यक्रममा एडेल, ह्यारी स्टाइल्स, टेलर स्वीफ्ट, लिज्जो, सानिया ट्वेन र स्टिभ वन्डर लगायत सहभागी थिए ।

प्रमुख सूची :

१) रेकर्ड अफ द इयर : अबाउट ड्याम टाइम (लिज्जो)

२) एल्बम अफ द इयर : ह्यारिज हाउस (ह्यारी स्टाइल्स)

३) सङ अफ द इयर : जस्ट लाइक द्याट (बोनी राइट)

४) बेस्ट न्यु आर्टिस्ट : समारा जोय

५) बेस्ट पप सोलो पर्फमेन्स : इजी अन मी (एडेल)

६) बेस्ट डान्स म्युजिक एल्बम : रेनेसान्स (बियोन्से)

७) बेस्ट आरएण्डबी सङ : कफ इट (बियोन्से)

८) बेस्ट आरएण्डबी एल्बम : ब्ल्याक रेडियो थर्ड (रोबर्ट ग्लास्पर)

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?