+
+

कर्मचारीलाई मुख्यमन्त्री शर्माको निर्देशन : अरुलाई पन्छ्याएर उम्किन मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १४:५४

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन दिदै अरुलाई पन्छायाएर उम्किन नमिल्ने बताएका छन् ।

प्रदेशको भौतिक, वित्तीय प्रगति र राजश्व आम्दानीको अवस्था दयनीय भएकाले लक्ष्य अनुसारको प्राप्ति हुन किन सकेन ? भन्दै प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीहरुसँग जवाफ खोजेका छन् ।

‘चालु आवको साढे ६ महिना बेतित भै सक्दा आन्तरिक राजस्व ७१ करोड २९ लाख अनुमान गरिएकोमा २५ करोड ५ लाखमात्र उठेको, वित्तिय खर्च १०.७७ हुँदा भौतिक खर्च कतिभयो भनेर सहजै अनुमान लगाउँन सकिन्छ,’ निर्देशनको ३ नम्बर बुँदामा भनेका छन्, ‘यो अवधिमा हामीले के गरेर वितायौं ?’ भन्दै प्रश्न गरेका छन् ।

चुनौतीलाई सामना गर्दै सचिवहरूले उल्लेखनीय रूपान्तरण गर्न विशेष प्रतिबद्धता र योगदानको अपेक्षा मुख्यमन्त्री शर्माले गरेका छन् । १७ माघमा निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका शर्माले कर्मचारीलाई भनेका छन्, ‘कुनै पीरमर्का भए मलाई सिधै भन्नुस, तर अरुलाई पन्छ्याएर उम्किन मिल्दैन।’

उनले कर्मचारीहरुलाई कसैको डर, धाक, दबाब र प्रभावमा नपरी दिएको जिम्मेवारी इमानदारी, निष्ठा र कुशलतापूर्वक निभाउन निर्देशन समेत दिए ।

कार्यगत तहमा समस्या भए प्रशासनिक निकायले द्रुत गतिमा कार्य सम्पादन गरी प्रश्नहरू नउठ्ने वातावरण मिलाउनु पर्ने मुख्यमन्त्री शर्माले बताए । ‘शिक्षा, यातायात सवारी दर्ता नविकरण, सवारी चालक अनुमति पत्र जारी, सरकारी अस्पतालमा बिरामीको उपचार जस्ता आधारभुत सेवा लिन जनताले भोगेको सास्ती हटाउँने काम तत्काल प्राथामिक्तामा राख्नुहोस,’ निर्देशको १७ नम्बर बुँदामा भनिएको छ ।

उनले ठूला आयोजनामा विनियोजित भएको बजेट, हालसम्म भएको खर्च र भौतिक प्रगति र विकास आयोजनामा निर्माणको गति तीव्र गर्ने उपायहरू सहितको कार्य योजना तत्काल तयार गरी कार्यान्वयन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री शर्माले भ्रष्टाचार हुँने सम्भावित निकाय र त्यस्ता व्यक्तिका बारेमा निगरानी राख्न समेत कर्मचारीलाई निर्देशन दिए । साथै, मातहत कार्यालयहरुमा भएको अनियमितता प्रति जिम्मेवार बन्ने समेत सुझाए . बढी भिडभाड हुने कार्यालयहरुमा डिजिटल सेवा, फेसलेस सेवा, गुनासो सुन्ने र फर्छौट गर्ने व्यवस्था लागु गर्दै बिचौलियालाई हटाउन समेत निर्देशन दिए .

दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्दै नाफाखोरी, कालोबजारी र कृतिम अभाव हुन नदिन कडा अनुगमन र निरीक्षणको व्यवस्था गर्नुपर्नेमा मुख्यमन्त्री शर्माले जोड दिए । मख्यमन्त्री शर्माले कार्यलयको काम छोडेर अनआवश्यक सभा, सम्मेलन र गोष्टिमा समेत नजान निर्देशन दिए ।

‘अनआवश्यक कार्यक्रमहरुमा जान बन्द गर्नुस । सहभागी नभइ नहुँने कार्यक्रममा मन्त्रालयको आधिकारिक धारणा लिएर जानुस, फर्किएपछि सोको लिने÷दिनेको प्रतिवेदन मासिक रुपमा मुख्यमन्त्रालयमा बुझाउनुहोस,’ मुख्यमन्त्री शर्माले निर्देशन दिदै भनेका छन् ।

प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गर्दै आएका शर्माले कर्मचारीलाई सुध्रिन भन्दै ६१ बुँदे निर्देशन जारी गरेको बताए । ‘राम्रो काम गर्नेलाई पुरुषकृत र नराम्रो काम गर्नेलाई दण्डित गछौं,’ मुख्यमन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘यो सरकार, कर्यचारीले मान्दैनन्, टेदैनन् भनेर पन्छिदैन् । विभिन्न बहाना बनाएर पन्छिने छुट जनप्रतिनिधी, कर्माचारी कसैलाई छैन् ।’

मुख्यमन्त्री शर्माले मन्त्रीहरुका लागि पनि आचार संहिता तयार भइरहेकको जानकारी दिए । ‘कर्मचारी मात्रै हैन्, मन्त्रीहरुका लागि पनि कडा आचार संहिता लागु गर्दैछौं । अनआवश्यक कार्यक्रममा जाने, यो भएन, त्यो भएन भन्दै भाषण गर्ने । अरुलाई देखाएर पन्छिने छुट मन्त्रीहरुलाई पनि छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?