+
+

काठमाडौं महानगरमा ५ विभागीय प्रमुख हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १५:१८

२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकामा ५ जना विभागीय प्रमुखहरुको हेरफेर भएको छ । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीकाअनुसार राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी खरिद इकाइमा सरुवा भएका छन् भने खरिदका ध्रुव काफ्ले राजस्व विभागमा गएका छन् ।

यस्तै कृषि तथा वातावरण विभागकी उपनिर्देशक सरिता राई प्रशासन विभागमा सरुवा भएकी छिन् भने उनको ठाउँमा विपद् व्यवस्थापन विभागका रवीनमान श्रेष्ठ सरुवा भएका छन् । यस्तै प्रशासन विभागका निर्देशक नवराज थापा विपद्‍मा सरुवा भएका छन् ।

नवौं तहको कर्मचारीहरुको २ वर्ष भन्दा धेरै समयसम्म एकै स्थानमा बसिसकेकोले विभागीय प्रमुखहरुको सरुवा गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?