+
+

महालक्ष्मी विकास बैंकद्वारा मानवसेवा आश्रम र अमर शहीद क्याम्पसलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १७:०१

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानवसेवा आश्रम र अमर शहीद बहुमुखी क्याम्पसलाई सहयोग गरेको छ ।

बैंकका अनुसार बैंकको भाटभटेनी शाखाले मानव सेवा आश्रमलाइ औषधि, खाद्यान्न, सरसफाइका सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?