+
+

सबैसँग सहकार्य गर्दै महिला मुद्दालाई मुखरित गर्नेछु : अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १२:४१

२४ माघ, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदको गरिमा कायम राख्दै सबै सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएकी छन् । उनले महिलाका मुद्दालाई मुखरित गर्न र महिला सांसहरुलाई सहयोग गर्न पनि विशेष ध्यान दिने बताइन् ।

मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भनिन्, ‘पदको गरिमा कायम गर्दै मैले सम्पूर्ण सांसदज्युहरुसँग सहकार्य गरेर प्रभावकारी बनाउने कुरामा सकेजतिको, म पर्फेक्टली म सबै सक्छु भन्न सक्दिनँ, तर सकेजति प्रभावकारीतामा मेरो सधैं टेवा र सहयोग रहनेछ ।’

सहकार्यको विषयमा प्रतिनिधि सभाको उपसभामुखसँग पनि कुराकानी गरेको जानकारी उनले दिइन् । महिलाका मुद्दाहरुलाई सम्बोधन गर्न पनि सहकार्य जरुरी भएको उनको भनाइ छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको काम प्रभावकारी बने देशभर सकारात्मक सन्देश जाने उनले बताइन् । ‘त्यसैले उपाध्यक्षको हैसियतले विशेष जिम्मेवारी महसुस गरेकी छु,’ उनले भनिन् ।

विभिन्न देशका महिला सांसदहरुसँग पनि सहकार्य गर्ने मन भएको बताउँदै उनले भनिन्, ‘तर के कति गर्न सकिन्छ अहिले भन्न सकिंदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?