+
+

२५० दिन अनिवार्य नेपाली फिल्म चलाउनुपर्ने निर्माता संघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १७:१९

काठमाडौं । चलचित्र निर्माता संघले वर्षमा २५० दिन अनिवार्य रुपमा नेपाली फिल्म प्रदर्शन गर्ने नीति ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । यसै साता निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई ज्ञापन बुझाउँदै यस्तो माग राखेको हो ।

चलचित्र संघसँग चरणवद्ध वार्ता जारी रहँदा निर्माता संघले दबाबस्वरुप सेयर बाँडफाँटसहितका माग अघि सारेको छ । निर्माता संघले मन्त्रीलाई मागपत्र बुझाएपछि झस्किएको चलचित्र संघले मंगलबार विशालनगरस्थित कार्यालयमा वार्ता समितिको छलफल बोलाएको छ । महासचिव नरेन्द्र महर्जनले छलफल भइरहेको र जारी वार्ताबारे निष्कर्ष निकालिने बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि २५० दिन फिल्म चलाउनुपर्ने आफूहरुको माग पूरा हुनुपर्ने बताए । ‘यही नै हाम्रो बटमलाइन हो त भन्दैनौं तर यो माग हाम्रो प्रमुख एजेण्डा हो,’ खड्काले भने, ‘हामी पनि चलचित्र संघको रेस्पोन्स के हुन्छ, त्यसलाई कुरिरहेका हुन्छौं । त्यहीअनुसार हामी मुभ हुन्छौं ।’

यसैबीच, निर्माता संघले सेयर बाँडफाँटको एजेण्डालाई पनि प्रमुखताका साथ अघि सारेको छ । जसमा पहिलो साता निर्माताले ६० प्रतिशत, दोस्रो हप्ता ५० र तेस्रो सातादेखि फिल्म नउत्रिउन्जेलसम्म ४० प्रतिशत फ्ल्याट रुपमा सेयर पाउनुपर्ने माग पनि निर्माता संघले अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?