+
+

परराष्ट्रमन्त्री पौड्याल र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १८:०७

२४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)  प्रशासक सामन्था पावरले मंगलबार परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको  छ ।

भेटवार्तामा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा  छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री पौड्यालले अ‍मेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।

पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप  वृद्धि  गरिने प्रतिवद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?