+
+

लुम्बिनीमा आज राष्ट्रिय सभा उपनिर्वाचन हुँदै, एमाले-कांग्रेससँगै नागरिक उन्मुक्ति पनि प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते ७:२७
राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार बाँयाबाट क्रमश: एमालेका कुमार दसौदी, कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय

२५ माघ, काठमाडौं । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ ।

प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले सत्ता गठबन्धनका उम्मेदवारलाई साथ दिएको छैन । उसले आफ्नै उम्मेदवार उठाएको छ ।

सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार छन् ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेश भर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?