+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

राष्ट्रियसभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिले दिएन सत्ता गठबन्धनलाई साथ

टोपराज शर्मा टोपराज शर्मा
२०७९ माघ १६ गते १८:३३
राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार बाँयाबाट क्रमश: एमालेका कुमार दसौदी, कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय

१६ माघ, बुटवल । लुम्बिनीमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । उपनिर्वाचनमा सोमबारसम्म उम्मेदवारी फिर्ताको समय रहेकामा नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले फिर्ता लिएनन् ।

निर्धारित समय अवधिभित्र रायले उम्मेदवारी फिर्ता नगरेपछि निर्वाचन आयोगले सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमाले, नागरिक उन्मुक्ति र नेपाली कांग्रेसका तीनजनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

सत्ता गठबन्धनबाट नेकपा एमालेबाट रोल्पाका कुमार दसौदी र नागरिक उन्मुक्तिका राय तथा नेपाली कांग्रेसबाट कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका थिए ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ ।

निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न प्रदान गरिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको बताइन् । नागरिक उन्मुक्तिले मुख्यमन्त्री नियुक्त हुंदा र विश्वजासको मत लिंदा भने सत्ता गठबन्धनमा उभिएको थियो ।

राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन् । जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ८७ जना प्रदेशसभा सदस्यहरु रहनेछन् ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

प्रदेशमा एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ । एमालेका २९ जना प्रदेश सांसद छन् भने स्थानीय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् ।

नेपाली कांग्रेसका २७ सांसद छन् । जसको मतभार १ हजार २९६ मतभार हुन्छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन् । उनीहरूको मतभार १ हजार ६५६ हुन्छ । यसअनुसार कांग्रेससँग कूल २ हजार ९५२ मतभार छ ।

माओवादीसँग प्रदेश र स्थानीय तहतर्फ कूल १ हजार १६६ मतभार छ । प्रदेशसभामा माओवादीका १० सांसद रहँदा स्थानीय तहमा ४० मतदाता छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको मतभार २४६, जनता समाजवादी पार्टीको २५२, लोकतान्त्रिक समाजवादी पार्टीको २१६, नागरिक उन्मुक्तिको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मतभार ९६ छ । यस हिसाबले सत्ता गठबन्धनको मतभार ४ हजार ५९६ रहेको छ । जुन कांग्रेसको भन्दा १ हजार २५४ ले बढी हो ।

कांग्रेसलाई लोसपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मतभार जोड्दा पनि ३ हजार ३४२ हुन्छ । यस हिसाबले लुम्बिनीमा नेकपा उमालेका उम्मेदवारको जित निश्चित जस्तै छ ।

जनता प्रगतिशील पार्टी र २ जना स्वतन्त्र सांसद अहिलेसम्म अनिर्णित छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?