+
+

बेलुन विवाद : अमेरिकी विदेशमन्त्रीले रद्द गरे चीन भ्रमण, रक्षामन्त्रीस्तरीय वार्ता पनि अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १८:२६
अमेरिकाले खसालेको चिनियाँ बेलुन ।

२५ माघ, काठमाडौं । चीनले उडाएका बेलुनलाई अमेरिकाले खसाइदिएपछि दुई देशबीचको सम्बन्ध फेरी चिसिएको छ ।

बेलुन खसालेको घटनापछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् भने दुई देशबीच रक्षा मन्त्रीस्तीय वार्तासमेत अनिश्चित भएको छ ।

मंगलबार अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पेट राइडरले रक्षामन्त्रीस्तरीय वार्ताको प्रस्ताव चीनले अस्वीकार गरेको बताए । उनले भनेका छन्, ‘यस प्रकारको स्थितिमा दुवै देशबीच सम्वादको ढोका खुला राख्नुपर्छ ।’ अमेरिकी रक्षा मन्त्रालयले चीनमा टेलिफोन गरी वार्ता प्रस्ताव राखेको थियो ।

गत शनिबार चिनियाँ बेलुन उड्दै अमेरिकाको क्षेत्रमा पुगेपछि अमेरिकी सेनाले फाइटर जेटको मद्दतमा ती बेलुन खसालेका थिए ।

चीनले ती बेलुन मौसमको जानकारी लिनका लागि उडाइएको तर भुलबस अमेरिकी आकाशमा पुगेको बताएको छ । तर अमेरिकाले ती बेलुनलाई खसालेर विषयवस्तुलाई अतिरञ्जित बनाउन खोजेको गुनासो चीनको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यसप्रति खेद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?