+
+

३ वर्षपछि बाजुरामा एमडीजीपी डाक्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १९:४६

२५ माघ, बाजुरा । जिल्ला अस्पताल बाजुरामा तीन बर्षपछि एमडीजीपी चिकित्सक आएका छन् । ३ वर्षअघि डा. दुर्गा महर्जन सरुवा भएपछि हालै डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका अस्पताल बाजुराका ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।

एमडीजीपी चिकित्सक ल्याउन लामो प्रयासपछि देवकोटालाई स्वास्थ्य मन्त्रालयले बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ बर्ष बाजुरामा बस्ने बताएका छन् ।

निक साइमन्स इन्स्टिच्युटले डा. देवकोटा बाजुरा बस्दासम्म केही सुविधा दिनेछ । जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।

एमडीजीपी चिकित्सक नहुँदा सामान्य घाउको शल्यक्रिया गर्न पनि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेकामा अब अन्त्य हुने अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले वताए ।

बाजुरामा एमडीजीपी चिकित्सक ल्याउनका लागि मन्त्रालयमा धेरै पहल भएको सांसद बद्रि पाण्डेका स्वकीय तालबहादुर रावतले बताए ।

पहिला जिल्लामा एमडीजीपी चिकित्सक हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतमा स्वास्थ्य समस्याको शल्यक्रिया हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?