+
+

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले त्यागिन् माओवादीको सदस्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १५:५२

२५ माघ, काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र जिम्मेवारी त्यागेकी छन् ।

उनले बुधबार एक सूचना जारी गरी उपसभामुख निर्वाचित भएपछि आफू आवद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता र राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गरेकी हुन् ।

संविधानमा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभाको सभामुख र उपसभामुख दलमा आवद्ध हुन नपाउने व्यवस्था छ ।

अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा २३ माघमा सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?