+
+

पोखरा–जोमसोम रुटमा क्यामेराले दिन थाल्यो इनरुट मौसमी अपडेट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १३:०५

२६ माघ, काठमाडौं । नेपालको जोखिमपूर्ण हवाई रुटमध्ये पोखरा–जोमसोममा जडान गरिएका क्यामेराले मौसमी अपडेट दिन सुरु गरेका छन् । यस रुटमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्रले क्यामेरा जडान गरेको हो ।

केन्द्रका अनुसार पोखरा जोमसोम रुटको ३ वटा स्थानमा ६ वटा क्यामेरा राखिएका छन् । यी क्यामेराले लाइफ तस्वीर खिचेर पठाउने क्षमता राख्छन् । ती तस्वीर पोखरा र जोमसोम विमानस्थलको एटीसी टावरमा पुग्छन् । साथै पाइलटले मोबाइलमा समेत यस्ता तस्वीर हेर्न सक्ने गरी प्रविधि जडान गरिएको छ ।

यी तस्वीरले दुई विमानस्थल बीचको इनरुटको मौसमी अपडेट गराउने छन् । खासगरी हुस्सुमा जहाज हराउने जोखिम यो रुटमा छ । क्यामेराले हुस्सु लागे–नलागेको बारे जानकारी गराउने छ । त्यस अवस्थामा एटीसीले जहाजलाई जोमसोम वा पोखराबाट उडान अनुमति दिने वा नदिने भन्नेबारे निर्णय लिन सक्नेछन् । केन्द्रका अनुसार यी क्यामेरा राख्न र मर्मतमा ठूलो खर्च नलाग्ने भएका कारण प्राधिकरणले अन्य जोखिमयूक्त रुटमा समेत यस्ता क्यामेरा राख्न सम्भव देखिएको केन्द्रले बताएको छ ।

यसअघि २७ कात्तिकमा प्राधिकरण र केन्द्रबीच क्यामेरा जडान गर्ने बारे समझदारी भएको थियो । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्याउने भएकाले क्यामेरा जडान गरिएको प्राधिकरणको भनाइ छ । यसले यो रुटको हवाई सेवा सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन इनरुट क्यामेराले सहयोग गर्नेछ ।

यस्ता छन् क्यामेराले बिहीबार बिहान ७ बजे पठाएका तस्वीरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?