+
+

चीनको ग्वान्जाओमा नेपाल एयरलाइन्सको उडानका लागि पहल गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १६:२०

२६ माघ, काठमाडौं। सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको उडान चीनको ग्वान्जाओ सहरमा समेत गर्न नेपाली व्यवसायीले माग गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ चीन शाखाका पदाधिकारीले मंगलबार पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीलाई भेटेर त्यसका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

ग्वान्जाओ धेरै नेपाली व्यवसायीहरु रहेको शहरमध्ये एक हो । नेपाल एयरलाइन्सको नियमित उडान हुँदा त्यसले नेपाली व्यवसायीलाई सजिलो हुनुका साथै चिनियाँ पर्यटक नेपाल भित्र्याउनसमेत सहज हुने सुझाव आफूहरुले मन्त्रीलाई दिएको महासंघका चीन शाखा अध्यक्ष दिलबहादुर कठायते बताए ।

उनले आगमन नीति सहज बनाएर पर्यटन भित्र्याउनका लागि प्रोत्साहित गर्नसमेत मन्त्रीसँग आग्रह गरेको बताए ।

चीनले नेपाल एयरलाइन्सलाई ग्वान्जाओमा उडान बिस्तारका लागि अनुमति दिइसकेको छ । तर, नेपाल एयरलाइन्सले उडानको तयारी नगरेको गुनासो नेपाली व्यवसायीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?