+
+

हामी सबैले सधैं प्रयोग गर्न मिल्ने साधन होइनौं : रञ्जिता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १९:५५

२६ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरु सबैले प्रयोग गर्न मिल्ने साधन नभएको बताएकी छन् ।

बिहीबार सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले बहिस्कार गरे । नागरिक उन्मुक्ति पार्टीको मतको अपेक्षा गरेका मुख्यमन्त्री रावल नाउपाकै भोट नपाउँदा पदमुक्त भए ।

बिहीबार साँझ नै नाउपा अध्यक्ष श्रेष्ठले आफूहरु सबैले सधै प्रयोग गर्ने साधन नभएको बताएकी हुन् । ‘हामी विचारमा कटिवद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं’ उनले फेसबुकमा लेखेकी छन्, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनि सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मूलबासीको अपमान गरेर मुलुक कहिल्यै समृद्धशाली हुन सक्दैन त्यसैले जनभावनाको कदर गरौँ ।’

उनले टीकापुर घटनाप्रति राज्‍य अनुदार रहेको र यसबारे मानव अधिकारकर्मीहरुले आँखा चिम्लेको आरोप लगाएका छिन् । आफूहरुलाई उचाल्नेहरुको ताँती लामै रहेको भन्‍दै श्रेष्ठले न्यायको पालना गर्दा जेल बस्नुपरेको टिप्पणी गरिन् ।

शासकले राष्ट्रप्रति बफादार थारुलाई न्‍याय नदिएको पनि श्रेष्ठले बताइन् । ‘राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन ? झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालिरहन्छौं । न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?