+
+

पूर्वन्यायाधीश उपाध्याय प्रमाणपत्र नक्कली ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते २१:४२

२६ माघ, काठमाडौं । विशेष अदालतले पूर्वन्यायाधीश ओमकार उपाध्यायलाई नक्कली प्रमाणपत्रको मुद्दा दोषी गरेको छ सदस्यहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारुको इजलासले जिल्ला अदालतका पूर्व न्यायाधीश उपाध्यायले नक्कली प्रमाणपत्र लिएको ठहर गरेको हो ।

विशेष अदालतले उपाध्यायलाई तीन हजार रुपैयाँ जरिवाना हुने ठहर समेत गरेको विशेष अदालतका पूवक्ता दिपेन्द्रनाथ योगीले बताए ।

उपाध्याय तनहुँ जिल्ला अदालतमा हुदा नक्कली प्रमाणपत्र लिएको आरोपमा न्यायपरिषदमा उजुरी परेको थियो । न्यायपरिषदले १९ जेठ २०७६ मा उपाध्याय विरुद्ध विशेष अदालतमा नक्कली प्रमाणपत्र लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?