+
+

सामसङको ग्यालेक्सी एस२३ सिरिज नेपाली बजारमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १२:३६

काठमाडौं । सामसङले ग्यालेक्सी एस२३ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । २५ माघमा हायात होटलमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले ग्यालेक्सी एस२३ सिरिज सार्वजनिक गरेको हो । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरु सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।

सामसङका सहउपाध्यक्ष सुङजुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ की प्रियंका रानी जोशीले संयुक्त रुपमा एस२३ सिरिज सार्वजनिक गरेका हुन् ।

ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामेराका साथ सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित रहेकोले संसारलाई शार्पर फोकसमा ल्याइदिने सामसङका निर्देशक स्थापितले बताए । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्स्लाई कसैले मात दिन नसक्ने उनले बताए ।

नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा आफूहरु अत्यन्त उत्साहित भएको भन्दै उनले यो स्मार्टफोनले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएको उनले बताए ।

कम्पनीका अनुसार प्रि–अर्डर अफर गर्ने अवधि १० फागुनसम्म वा स्टक रहेसम्म मात्र रहेको छ ।

कति छ मूल्य ?

क्र.सं उपकरण रङ्ग मुल्य (ने.रु.)
१. ग्यालेक्सी एस२३ अल्ट्रा (१२+५१२ जीबी) ग्रीने, फ्यानतम ब्ल्याके, क्रिम २,०९,९९९
२. ग्यालेक्सी एस२३ अल्ट्रा (१२+२५६ जीबी) १,९१,९९९
ग्यालेक्सी एस२३ अल्ट्रा (८+२५६ जीबी) ग्रीन, ल्याभेंदर १,५१,९९९
४. ग्यालेक्सी एस२३ अल्ट्रा (८+२५६ जीबी) ग्रीन, क्रिम १,२७,९९९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?