+
+

पर्यटन मन्त्रालय मातहतका कार्यक्रम अब होटलमा नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १२:२४

२७ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम यस वर्ष होटलमा आयोजना नहुने भएका छन् ।

मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय लिएको थियो । यसको कार्यान्वयनका लागि पर्यटन मन्त्रालयले अब आफ्नो मातहतका सबै कार्यक्रम आफ्नै हलमा गर्ने निर्णय लिएको हो । त्यसका लागि पर्यटनले तीन वटा हल र त्यसको क्षमता समेत सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार अब सबै निकायले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन परिसर भित्रका हलहरु प्रयोग हुने भएका छन् । यहाँ २ सय क्षमताको एक र ५०/५० जना क्षमताका दुई वटा हल रहेका छन् । काठमाडौं उपत्यका भित्र तालिम, कार्यशाला गोष्ठी, समारोह तथा बैठक सञ्चालन गर्दा पर्यटन मन्त्रालय मातहतका निकायले यी हल प्रयोग गर्नुपर्ने भएको छ ।

मन्त्रालयका अनुसार कतिपय निकायले आफ्नो सभाहल र बैठकस्थल हुँदाहुँदै पनि भाडामा कार्यक्रम सञ्चालन गरिएको भन्दै सरकारी खर्चको मितव्ययीता तथा कार्यसम्पादन गर्न यस्तो निर्णय गरिएको हो । यसका लागि सभाहल र कार्यक्रमस्थल भएसम्म आफ्नो हल नै प्रयोग गर्न र सम्भव नभए सरकारी कार्यालयसँग समन्वय गरी हल प्रयोग गर्न समेत मन्त्रालयले आफ्ना निकायहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?