+
+

संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते ८:४५

२८ माघ, डोटी । राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनु पर्ने उल्लेख छ ।

‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता छ ।’

संघीयता धान्न नेपालमा स्रोत साधन नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख छ ।

मुलुकमा आर्थिक भार थप्ने गरि प्रदेशको शासकीय स्वरुप राख्नको औचित्य नभएको भन्दै प्रादेशिक तह खारेज गरि प्रदेशलाई जाने सम्पूर्ण वजेट गाउँको विकासमा लगाउनु पर्ने आवश्यकता रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

८ बुँदे ज्ञापन पत्रमा गणतन्त्रलाई कमजोर पारेर आˆना राजनीति स्वार्थ पुरा गर्न देशलाई प्रतिगमन तर्फ लगिएकाले सरकार गम्भीर हुनु पर्ने,देशको राष्ट्रियता तथा कालापा सहितको भू भागलाई संसदभित्र तथा बाहिर अन्तराष्टियकरण गर्नु पर्ने, अतिक्रमण भू-भागलाई फिर्ता लिन सरकारले अविलम्ब प्रयत्न गर्नु पर्ने माग गरिएको छ ।

यस्तै एमसीसी अविलम्ब खारेज गर्नु पर्ने, धर्म परिवर्तनका लागि भइरहेका गतिविधिविरुद्ध आवश्यक कदम चाल्नु पर्ने, महँगी, बेरोजगार, कालो बजारी नियन्त्रण लगायतका माग राख्दैज्ञापन पत्र बुझाएको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटी बताए ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ज्ञापन पत्र बुझ्दै तत्कालै सम्बन्धित निकायमा पठाइने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?