
२९ माघ, काठमाडौं । चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालको सेवा पनि प्रभावित भएको छ ।
शिक्षण अस्पतालको ओपीडी सेवा बन्द छ ।अस्पतालमा बिरामीहरू मर्कामा परेका छन् ।
अस्पतालमा चिकित्सकलाई भएको कुटपिटको विरोधमा सेवा बन्द गरिएको सूचना टाँसिएको छ । अस्पताल आएका बिरामीका आफन्तहरू सूचना पढेर फर्किएका छन् ।
अस्पतालका काउन्टरहरू सुनसान छन् । स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा घाम तापिरहेका छन् भने बिरामीहरू उपचारबिना छटपटाइरहेका छन् ।
यही माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले कुटपिट गरेका थिए । त्यसकै विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् ।
आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।
प्रतिक्रिया 4