+
+

स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई दोल्ती पावरको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ११:१३

२९ माघ, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले ८ फागुनदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशतले हुने १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८  कित्ता साधारण सेयर जजारी गर्ने अनुमति पाएको  थियो । जसमध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका दैलेखका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रमध्ये पनि अति प्रभावित क्षेत्र दैलेखको  नौमुले र कालिका गाविसमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर निष्कासन हुने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको जारी पूँजीको २० प्रतिशतले हुन आउने  सेयरको १० प्रतिशत अथात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशीक रोजगारीमा  रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ ।

८ फागुनदेखि आवेदन दिन सकिने आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले २५ फागुनसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ७ चैतसमम् थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको आईपीओ निष्कासनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयका साथै क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयरको सि–आस्वा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी आईआर डबल बी रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याज समेत  १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ र प्रतिमेगावाट अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?