+
+

बेलडाँगी शिविरका शिक्षक-शिक्षिकाको सम्मानमा सांगीतिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १३:०३

काठमाडौं । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शिक्षक-शिक्षिकाको सम्मानमा सांगीतिक कार्यक्रम गरिएको छ ।

शरणार्थी शिविरमा रहेका बालबालिकाका लागि नक्षत्र फाउण्डेसनले विद्यालय भवन बनाइदिएको छ भने अमेरिकामा बस्दै आएका अर्जुन सुवेदीलेतीन वर्षदेखि ‘अर्ली चिल्ड्रेन डेभलपमेन्ट सेन्टर’मा पक्की भवन बनाएर कक्षा एकसम्मको अध्ययनमा सहयोग गरिरहेका छन् ।

दुई सयभन्दा बढी बालबालिकाले अध्ययन गरिरहेका विद्यालयका शिक्षक-शिक्षिकाको सम्मानमा आयोजित कार्यक्रममा अभिनेता सुनिल थापा, गायक रामकृष्ण ढकाल, अभिनेत्री पूजा शर्मा, गायिका एलिना चौहान, गायक विकास लिम्बूलगायतले प्रस्तुति दिएका थिए ।

उनीहरुले विद्यालयमा अध्यापन गराउने र अध्यापनमा सहयोग गरेका शिक्षक-शिक्षिकाहरुलाई सम्मानपत्र समेत हस्तान्तरण गरे ।

कार्यक्रममा गायक ढकालले पढ्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै यस्तो कुरामा सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए । फाउण्डेसनका प्रमुख अर्जुन सुवेदीले एक कक्षापछि बालबालिकाहरुलाई अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै सरकारले सहयोग गरेको खण्डमा आफूहरुले अझै माथिल्लो कक्षाको व्यवस्था गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?