+

केपी ओलीको नाममा फुटबल क्लब, कम्पनी रजिस्ट्रारमा दर्ता

२०७९ माघ  २९ गते १४:२० २०७९ माघ २९ गते १४:२०
केपी ओलीको नाममा फुटबल क्लब, कम्पनी रजिस्ट्रारमा दर्ता

२९ माघ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्न केपी ओली फुटबल क्लब दर्ता गरिएको छ ।

केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेको नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनका अनुसार अगामी दिनदेखि यही क्लबले केपी ओली कप आयोजना गर्नेछ ।

युवा संघ नेपालले केपी ओली कपको पहिलो संस्करण फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने घोषणा यसअघि नै गरेको छ ।

फागुन ११ गतेदेखि हुने प्रतियोगितामा केपी ओली फुटबल क्लब सहभागी हुने पौडेलले बताए । उनले यही प्रतियोगिताका लागि मात्र भनेर खेलाडी र प्रशिक्षकसँग सम्झौता गरिएको जानकारी दिए ।

केपी ‌ओली कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय