+
+

ऋणको सावाँ ब्याज र रासायनिक मल महँगिदा थप ६७ अर्ब व्ययभार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १६:२२

२९ माघ, काठमाडौं । रासायनिक मलको मूल्यवृद्धि र सार्वजनिक ऋणको सावाँ ब्याजको भुक्तानी महँगिदा सरकारलाई एकैवर्ष ६७ अर्बको भार थपिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिभिसभामा चालु आर्थिक वर्ष २०७९/८०को मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य महँगिंदा थप स्रोत सुनिश्चित गर्नु पर्ने अवस्था आएको छ ।

आन्तरिक ऋणको ब्याजदर पनि महँगिएको उनले बताए । त्यसैगरी डलरमा भएको अधिमूल्यन र नेपाली मुद्रामा भएको अवमूल्यका कारण वैदेशिक ऋणको भुक्तानीको दायित्व पनि बढ्न पुगेको छ । यस्तो भुक्तानी वैदेशिक मुद्रामै गर्नुपर्छ । अर्थमन्त्री पौडेलले यिनै कारणले थप ६७ करोड थप बजेट व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए ।

पौडेलका अनुसार गत असारमा सररको सञ्चित कोष ६६ अर्ब २ करोडले ऋणात्मक रहेकोमा गत पुसमसान्तसम्म यो बढेर १ खर्ब ३९ अर्ब ३९ करोडको ऋणात्मक अवस्थामा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?