+
+

सुर्खेत बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १६:२६
दुर्घटनास्थल ।

२९ माघ, सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिँदा घाइते भएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार ती महिलाको नाम थर र ठेगाना खुलेको छैन् ।

अन्दाजी ६६ वर्षीय उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘बस नियन्त्रणमा लिएका छौं, चालक फरार छन् । खोजीकार्य भै हरको छ’ प्रवक्ता शाहीले भने ।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?