+
+

यौनजन्य क्रियाकलापमा लगाएको आरोप लागेका होटल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १४:५०

१ फागुन, बुटवल । युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको आरोप लागेपछि फरार रहेका रुपन्देहीका एक होटल सञ्चालक पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र उनले सञ्चालन गर्ने रेष्टुरेन्टमा काम गर्ने पुजा बिक पक्राउ परेका हुन् । पराजुली २ वर्षदेखि फरार रहेका थिए ।

२०७६ सालमा बुटवलको राजमार्ग चौराहामा वेलकम रेष्टुरेन्ट सञ्चालन गरेका पराजुलीले कामदारका रुपमा पूजा विकलाई राखेका थिए । केही युवतीले आफूहरुलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको भन्दै पूजाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

त्यसपछि पुजाले उक्त होटल आफूले सञ्चालन गरेको नभई तुलसीराम पराजुलीको भएको प्रहरीसामु बताएपछि प्रहरीले पराजुलीको खोजी गरेको थियो ।

बुटवलमा हालैमात्र सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले पराजुलीको पुरानो फाइल खोजेर  अनुसन्धान अघि बढाएका हुन् ।

‘अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरिसकिएको छ, अव मुद्दा प्रक्रिया अगाडि बढ्छ’, उनले भने । पराजुलीले लगानी गरेको वेलकम रेष्टुरेन्ट भने हाल बन्द अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?