+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बागमतीमा ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीको परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १५:४७

१ फागुन, हेटौंडा । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणालीको परीक्षण गरिएको छ ।

यातायात व्यवस्था कार्यालय चावहिलको ट्रायल सेन्टरमा भएको परीक्षणको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगायतले अवलोकन गरेका छन् ।

यसअघि नै लागू गरिने भनिएको अंक प्रणाली मंगलबारदेखि काठमाडौं उपत्यकाको ८ वटा, हेटौंडा, चितवन र सिन्धुलीका यातायात कार्यालय गरी ११ वटा कार्यालयबाट कार्यान्वयनमा आउने भएको छ ।

ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेपछि ७० प्रतिशत अङ्क आउदा पनि सवारी चालक अनुमति पत्र पाइने व्यवस्थाको सुरुवात गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

यो व्यवस्थाले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झञ्झटलाई न्यूनीकरण गर्न मद्धत पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?