+
+

‘नेपालदेखि क्यानडासम्म’ र ‘अझै जिउँदै छन् मुर्कुट्टाहरु’ पुस्तक क्यानडामा विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:३१

काठमाडौं । क्यानडामा दुई नेपाली पुस्तकको विमोचन गरिएको छ । रुद्र दाहालको संयोजनमा सम्पादित लघुकथासंग्रह ‘नेपालदेखि क्यानडासम्म’ र केशवमोहन अधिकारीद्वारा लिखित कथासंग्रह ‘अझै जिउँदै छन् मुर्कुट्टाहरु’ एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको हो ।

दुवै पुस्तकलाई नेपाली साहित्य समाज, क्यालगरी, क्यानडाले प्रकाशन गरेको हो । अधिकारी उक्त संस्थाका अध्यक्षसमेत हुन् ।

कार्यक्रममा पुस्तक सम्पादन मण्डलका संयोजक दाहालले क्यानडामा रहेर नेपाली साहित्यको सम्वृद्धिमा लाग्दाका अप्ठ्यारा सुनाए । यसका बावजसद पनि आफूहरु यस क्षेत्रमा निरन्तर लागिरहने र विदेशी भूमिबाट नेपाली साहित्यको सेवा गरिरहने बताए । लेखक अधिकारीले आफू स्वदेश र विदेश जहाँ रहेपनि नेपालीपन झल्किने कथा रचना गरिरहने बताए ।

कार्यक्रममा नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका वर्तमान तथा पूर्व पदाधिकारीहरू, एनआरएनए क्यानडाका प्रतिनिधिहरू तथा क्यालगरीमा रहेका नेपालीहरूको सहभागिता रहेको थियो ।

नेपाली साहित्य समाज, क्यालगरी विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई जीवन्त राख्नुपर्छ भन्ने सोचले साथ सन् २०१२ मा स्थापना भएको साहित्यिक संस्था हो । स्थापनाकालदेखि नै यो संस्थाले पुस्तक प्रकाशन, साहित्यिक गतिविधि सञ्चालन तथा रचनावाचनजस्ता कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?