+
+

अर्थमन्त्री भन्छन्- फजुल खर्च कटौती गरेका हौं, विकास खर्च घटाएका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १७:५६

२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन् । मंगलबार बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका छन् ।

‘अहिले सरकारले गर्न चाहेको चालु खर्चको कटौती हो, फजुल खर्च, नगरे पनि हुने खर्च कटौती गरेका हौं’ उनले भने, ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा स्रोतको अभाव नहोस् भन्नेमा सरकारको ध्यान छ ।’

अर्थतन्त्रमा देखिएको चुनौतीका कारण अहिले सरकार दबावमा रहेको भन्दै पौडेलले भने, ‘यो प्रेसरमा साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने नीति हो ।’
गत पुस मशान्तसम्म मुलुकको सञ्चित कोष १ खर्ब ३९ अर्ब ऋणात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले अवस्था सुधार हुन समय लाग्ने बताए । ‘हाम्रो अर्थतन्त्रको स्वस्थ जीवनका लागि यो गम्भीर चिन्ताको विषय हो । हाम्रो अवस्थालाई इग्नोर गरेर अगाडि बढ्न सक्दैनौं’ उनको भनाइ छ ।

बजेटलाई राजस्वमा नै केन्द्रित बनाउन चाहेको भन्दै अर्थमन्त्री पौडेलले तर त्यस्तो अवस्था अहिले नै सम्भव नभएको बताए । सरकारको जोड आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नै रहेको भत्न्दै अवस्थामा सुधार हुँदै गएमा भविष्यमा राजस्वले मात्र मुलकको बजेट निर्माणमा स्रोत पर्याप्त हुने उनी बताउँछन् । ‘अहिले आयातमा आधारित राजस्व छ, यसलाई परिवर्तन गर्न समय लाग्छ’ उनले भने ।

अर्थमन्त्री पौडेलले भनसुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भइसकेको बताएका छन् । आयोजनाको छनोट आवश्यकता र प्राथमिकताका आधारमा हुने भन्द उनले भने, ‘वर्तमान सरकार भनसुनको आधारमा बजेट विनियोजन गर्ने अभ्यासलाई सम्पूर्ण रुपमा समाप्त गर्दै औचित्य र आवश्यकताको आधारमा योजना छनोट गर्न प्रतिवद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?