
२ फागुन, जनकपुरधाम। महोत्तरीबाट १७ लाख रुपैयाँ भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
महोत्तरी मटिहानी नगरपालिका ८ का २९ वर्षीय महेश यादव १७ लाख रुपैयाँ भारु अर्थात नेपाली २७ लाख २० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।
मंगलबार बिहान भारततर्फबाट ज ६ प ६६६४ नंम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाइ अवैध रुपम भित्र्याउँदै गरेको गोप्य सूचनाको आधारमा नेपाल भारत सिमा स्थित मटिहानीबाट उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
डिएसपी पोखरेलका अनुसार ५ सयको भारतीय नोट ३४ सय थान बरामद गरिएको छ ।
उनीमाथि विदेशी विनियम ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4