+
+

म्याद नाघेका २१ सय कार्टुन बाह्रसिंगे बियर बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते २२:१६

२ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको छ । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो ।

याक ब्रुअरी कम्पनीले उत्पादन गरेको उक्त काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा भण्डार गरिरहेको अवस्थामा बरामद भएके हो ।

निरीक्षण टोलीले आवश्यक कारवाहीका लागि गोदाम सिलवन्दी गरेको छ ।

६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ ।

‘विशेषगरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियर लगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्ता/डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको छ,’ विभागले भनेको छ ।

त्यस्ता कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा उपभोग तर्फ विशेष चनाखो रहन र त्यसरी बिक्री वितरण गरिएको थाहा भए जानकारी गराउन विभागले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?