
३ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब एसी मिलानले साँघुरो जित निकालेका छन् ।
सोमबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई तथा मिलानले इंग्लिस क्लब टोटनहमलाई समान १-० ले हरायो ।
बायर्नलाई पेरिसको मैदानमा पार्क डे प्रिन्समा जित दिलाउन किंग्सले कोमनले ५३औं मिनेटमा गोल गरे । पेरिसका पूर्वखेलाडी समेत रहेका कोमनले अल्फोन्स डेभिसको पासमा गोल गरेका थिए ।
पेरिस सेन्ट जर्मेनका किलियन एमबाप्पेले ८२औं मिनेटमा गरेको गोल भिएआरले मान्यता नदिँदा बराबरी गर्ने अवसर गुमाएको थियो ।
बायर्नका बेन्जामिन पाभार्डले इन्जुरी टाइमको दोस्रो मिनेटमा रातो कार्ड पाएका थिए ।
अर्को खेलमा एसी मिलानले घरेलु मैदानमा जित निकाल्दा ब्राहिम डियाजले गोल गरे । उनले खेलको सातौँ मिनेटमै गरेको गोलमा मिलानले जित निकालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4