३ फागुन, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल भारतमा आयोजना हुने भएको छ .
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो .
यद्यपि मिति र आयोजना हुने स्थान भने थए भइसकेको छैन ।
भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार मार्च १० सम्ममा आयोजना हुने स्थान तय साफले जनाएको छ ।
यसअघि माल्दिभ्समा १३ औं साफ च्याम्पियनसिपमा भइको थियो जहाँ नेपाल उपविजेता बनेको थियो ।
यस्तै साफको कार्यकारी समिती बैठकले साफ च्याम्पियनसिपको मार्केटिङ र कमर्सियल पार्टनरको लागि स्पोर्ट्स पनर्टनर ईन्टरनेशनलको बिड स्वीकृत गरेको छ ।
साफको निर्णय अनुसार आगामी चार संस्करणका लागि अधिकार दिएको छ ।
प्रतिक्रिया 4