+
+

रास्वपा सांसद श्रेष्ठले संसदमा खोजे मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १२:५१

३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद बैठकमा मन्त्रीको उपस्थिति खोजेका छन् ।

माओवादी सांसद पूर्णबहादुर घर्ती प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थिए । त्यही बेला रास्वपा सांसद श्रेष्ठले उठेर नियमापत्ति गरे । श्रेष्ठ उठेपछि सभामुख देवराज घिमिरेले ‘के नियमापत्ती’ हो भन्दै सोधे । श्रेष्ठले संसद बैठकमा एक जना पनि मन्त्री नभएको बताए ।

त्यसबेला बैठकमा उर्जा राज्यमन्त्री दिपक सिंह उपस्थित थिए । सभामुखले राज्यमन्त्री रहेको बताए । सांसद श्रेष्ठले राज्यमन्त्री रहेर मात्रै नहुने बताए । ‘क्याबिनेट मिनिस्टर भएर अनि सरकार कसरी जवाफदेही बन्छ ?’ श्रेष्ठले प्रश्न गरे ।

प्रतिनिधिसभा नियमावलीमा प्रतिनिधिसभा बैठक चलिरहँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उल्लेख छ । ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रुपमा हुनु पर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्नेछ’ प्रतिनिधिसभा नियमावलीमा छ । सांसद श्रेष्ठले यही व्यवस्थाको स्मरण गराएका हुन् ।

सभामुख घिमिरेले भित्र र बाहिर जानुपर्ने भएका कारण मन्त्रीहरु नरहेको र फेरि आउने बताए । श्रेष्ठले आफूले सभामुखको ध्यानाकर्षण गर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?