+
+

‘कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव छैन’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १८:३९

३ फागुन, काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तत्काल कर्जाको ब्याजदर एकल अंकमा ल्याउन सम्भव नरहेको बताएका छन् । संघले बुधबार आयोजना गरेको छलफलमा अध्यक्ष केसीले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहको भन्दै नेपालमा एकल अंकमा ब्याजदर झार्न सक्ने सम्भावना नरहेको बताएका हुन् ।

‘अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै छ । नेपालमा मुद्रास्फीति घट्दा पनि लक्षित सीमाभन्दा माथि नै छ,’ अध्यक्ष केसीले भने, ‘भारतले मुद्रास्फीति लक्षित सीमाभित्र ल्याउन प्रयास गरेपनि सफल हुन सकेको छैन । जसको प्रभाव नेपालमा पनि पर्छ । जसले तत्काल ब्याजदर एकल अंकमा झार्न सम्भव छैन ।’

अध्यक्ष केसी विस्तारै ब्याजदर घट्दो क्रममा रहेको भन्दै ब्याजदर एकल अंकमा आउनु भन्दा पनि स्थिर र स्थायित्व प्रमुख विषय रहेको बताए । बैंकहरुले माघदेखि नै निक्षेपको ब्याजदर घटाइसकेको र त्यसको आधारमा विस्तारै कर्जाको ब्याजदर पनि घट्दै जाने उल्लेख गरे । बैंकमा ४ करोड ७० लाख निक्षेप खाता र १८ लाख ऋण खाता रहेको भन्दै निक्षेपकर्ताको कुरा नआउने र ऋणीको कुरा मात्रै आउने गरेको अध्यक्ष केसी बताउँछन् ।

‘पहुँच पनि भएको र वित्तीय सचेतना भएका १८ लाख ऋणीबाट बढी दबाब हुन्छ,’ केसीले भने, ‘४ करोड ७० लाख निक्षेप खाताको दायित्व पनि बैंकहरुले लिएका छन् । निक्षेपकर्ताको कुरा कम र ऋणीको कुरा बढी आएका छन् । जसको कुरा बढी आउँछ त्यसैमा समस्या हो कि भन्ने लाग्छ ।’

उनले चालु आर्थिक वर्षमा तरलताको समस्या हुने अवस्था भने नदेखिएको बताए । विगतको अवस्था हेर्दा पनि आर्थिक वर्षको अन्तिममा सरकारको विकास खर्चमा हुने वृद्धि लगायका कारण पनि आगामी ५ महिनमा २७० अर्बसम्म निक्षेप बढ्नसक्ने र कर्जा १७० देखि १९० अर्बसमम्म जान सकने भएकोले चालु आर्थिक वर्षमा तरलताको दबाब पर्ने अवस्था भने नरहेको केसीले बताए । यद्यपि सरकारको आन्तरिक ऋण परिचालन लगायतका कारण तरलता व्यवस्थापनमा चुनौती भने रहेको अध्यक्ष केसीले बताए ।

बैंकर्स संघका निर्वतमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पनि समग्र विश्वको अर्थतन्त्र एकातिर र नेपालको अर्थतन्त अर्को तिर हुन नसक्ने बताए । उनले विश्वभरी ब्याजदर बढ्दा नेपालमा एकल अंकमा आउने सम्भावना नरहेको बताए ।

‘निजी क्षेत्रले माग गरे जस्तो एकल अंकमा ब्याजदर आउँदैन,’ बैंकर्स ढुंगानाले भने, ‘विरोधका लागि विरोध गर्ने मात्रै भएको छ । सडकबाट ब्याजर तिर्दिन र घटाउँछु भन्दैमा समस्याको समाधान हुँदैन ।’

आगमी दिनमा तरलता लगातार बढेर गयो भने ब्याजदर घट्ने अवस्था रहेको अत्यथा तत्कालै बजारमा ब्याजदर घटेर एकल अंकमा आउने सम्भावना नरहेको उनले बताए ।

निजी क्षेत्रको लागतमा ब्याजदरको हिस्सा ३० प्रतिशत मात्रै हुने गरेको भन्दै ३० प्रतिशत प्रभाव पर्ने ब्याजदर बढ्दैमा सबै समस्या ब्याजदरकै कारण आएको भन्ने भाष्य बनाइनु गलत भएको ढुंगाना बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?