+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरी बिट तथा गाडीमा आगजनी गरेको आरोपमा २३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते २२:१५

४ फागुन, काठमाडौं । यातायात मजदुर आन्दोलनका नाममा प्रहरी बिट तथा गाडीमा तोडफोड र आगजनी गरेको आरोपमा २३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार एक महिला र २२ पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा २१ वर्षका गणेशकुमार श्रेष्ठ, २२ वर्षका विक्रम नेपाली, २१ वर्षका आकाश भुजेल, २८ वर्षका सुमन श्रेष्ठ, २४ वर्षका सुमन लामा, २९ वर्षका विजय मगर, ३० वर्षका रन्जितकुमार तामाङ, २६ वर्षकी संगीता खड्की, १९ वर्षका प्रकाश क्षेत्री र २२ वर्षका इलाराज गुरुङ छन् ।

यस्तै ३३ वर्षका माधव शाही, २७ वर्षका राजन रावत, २८ वर्षका हरिशरण तामाङ, १९ वर्षका सुजन मगर, २२ वर्षका रोमन नगरकोटी, १८ वर्षका सुपनल कालिकोटे, १८ वर्षका सुदिप तामाङ, १८ वर्षका विकाश गुरुङ, २७ वर्षका संविधान परियार, १९ वर्षका केशव राई र १९ वर्षका कविन खड्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अपराधिक उपद्रव गर्न नहुने कसुर सम्बन्धी मुद्दा दर्ता गरेर ३ दिन थुनामा राख्न अनुमति लिइएको जिल्ला प्रहरी परिसर, टेकुले जनाएको छ ।

यातायात मजदुरहरुको आन्दोलनका क्रममा १ फागुनमा माछापोखरी चोकमा प्रहरी वृत्त, बालाजुका सवारी साधन, प्रहरी बिट र ट्राफिक आइल्याण्डमा तोडफोड तथा अगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?