+
+

सुरक्षा पन्त र मानव सुवेदीले फागुन २५ गते विवाह गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १२:४२

 ५ फागुन, काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

‘अन्तराल’ डेब्यु अभिनेताले अनलाइनखबरसँग विवाहबारे पुष्टि गरे । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।

‘सकेसम्म सानो उपस्थितिमा विवाह सकौं कि भन्ने योजनामा हामी छौं,’ सुवेदीले भने, ‘तयारी भइरहेको छ ।’ सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।

पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरे । उनी यतिबेला छोटो फिल्मको निर्देशन गर्दैछन् । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो । झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए । दुवैले सम्बन्धलाई लो-प्रोफाइलमा राख्दै सार्वजनिक गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?