+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संविधान रक्षाका लागि राष्ट्रपति पद महत्वपूर्ण भयो : डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १५:२९

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति आफ्नो दलले लिनु स्वभाविक हुने बताएका छन् ।

वर्तमान राष्ट्रपतिले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरको र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई मुल विषय बनाएकाले पनि संविधान रक्षाका लागि राष्ट्रपति पद महत्वपूर्ण भएको बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. महत भन्छन्, ‘संविधान रक्षाको कोणबाट पनि नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु उपयुक्त हुन्छ ।’

यसमा एमाले सहमत नभएकाले संविधान रक्षाधर पार्टीहरु एकठाउँमा हुनुपर्ने उनको जोड छ । संविधान रक्षालाई प्रमुख विषय बनाएर प्रचण्डले कांग्रेस नेतृत्वमा गठबन्धन बनाएको र अहिले पनि त्यो विषय प्रमुख हो भनेर भनेकाले कांग्रेसले विश्वासको मत दिएको प्रवक्ता डा. महतले बताए ।

माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिँदा सरकार के हुन्छ भन्ने प्रश्नमा डा. महतले भने एमालेले जनाउने प्रतिक्रियाले राजनीतिक कोर्स निर्धारण गर्ने बताए । यसबारे छलफल भएको हुनसक्ने भन्दै उनले भने, ‘त्यस्तो परिस्थिति आयो भने के हुन्छ भन्दा पुरा टर्म वा अन्य विकल्प नेतृत्व छलफल भएकै होला । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?