+
+

गठबन्धनको सहयात्रा काचो धागोमा अडिएको होइन, ५ वर्ष चल्छ : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १७:२७

५ फागुन, धनगढी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गठबन्धनको सहयात्र‍ा काचो धागोमा अडिएको नभएकाले पाँच वर्षसम्म चल्ने दाबी गरेका हुन् ।

नेकपा एमालेले मिसन ग्रासरुट अभियान अन्तरगत शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै बाहिर आएका हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् ।

‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ । हल्ला एकातिर चल्छ । घटनाक्रम अर्कोतिर अगाडि बढ्छ । यो तपाईँहरु सबैलाई थाहा भएको विषय हो, त्यसकारण हल्लाका विषयलाई समाचारका विषय नबनाइदिन म पत्रकार साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ पौडेलले भने, ‘नीतिगत कार्यक्रमको एकतामा जुन पृष्ठभूमीमा यो सरकार बनेको छ, यो काचो धागोमा अडिएको सहयात्रा होइन यो सहयात्रा ५ वर्ष चल्छ ।’

पौडेलले राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति नै कार्यान्वयन हुने उनको भनाइ थियो । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने बताएका मन्त्री पौडेलले सबै दल मिल्नुपर्छ भन्नु राम्रो कुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?