
५ फागुन, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्थी संगठन अनेरास्ववियुलाई निर्देशन दिएका छन् ।
अनेरास्ववियुको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सपथग्रहण गराउने क्रममा उहाँले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताएका हुन् ।
स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । उनले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य संगठनहरुसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गरे ।
ओलीले भने, ‘फेरि चैत्र ५ गते स्ववियू निर्वाचन आउँदैछ । नेविसंघ स्ववियू निर्वाचनमा टिक्न नसकेर जन्मेको संगठन हो । फेरि भिडन आउँदैछ । अव तपाईहरुले त्यसको तयारी गरिहाल्नु हुनेछ । अहिले तपाईहरुले स्ववियूको निर्वाचनमा जाँदा अहिले नै एक महिना बाँकि छँदै तयारी गर्नुस् । शालिन र नम्र व्यवहार गर्नुस् ।’
ओलीले अनेरास्ववियूका नेताहरुलाई अहंकार नलिई काम गर्न पनि आग्रह गरे । अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले त्यस्ता खालको गतिविधि गर्न नहुने उनले बताए । अनेरास्ववियूको हालै सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रिय कमिटी चयन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4