+
+

अमेरिकामा ६ वर्षका बालक बन्दुक लिएर विद्यालय पुगेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १५:२४

६ फागुन, काठमाडौं । अमेरिकाको भर्जिनियामा ६ वर्षको एक बालक बन्दुक लिएर विद्यालय गएपछि प्रहरीले उनकी आमालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो नर्फक शहरको लिटिल क्रिक स्कुलका कर्मचारीले बच्चाले ल्याएको बन्दुक प्रहरीलाई जिम्मा लगाएका छन् । बच्चाले बन्दुक लैजाँदा कुनै क्षति नभए पनि आफ्नी छोरीलाई कक्षामा धम्की दिएको एक महिलाले बताएकी छन् ।

प्रहरीले बच्चाकी आमालाई नाबालकलाई बन्दुक बोक्ने अनुमति दिएको आरोप लगाएको छ । विद्यालयकी एक अभिभावकका अनुसार ती बालकले बन्दुक आफ्नो झोलाका राखेका थिए र उनकी छोरीलाई गोली हान्ने धम्की दिएका थिए ।

ती महिलाले अर्की अभिभावकबाट आफ्नी छोरीमाथि दिएको धम्कीबारे थाहा पाएकी थिइन् । किनकी बालिकाले डरका कारण आमालाई केही भनेकी थिइनन् ।

गत महिना पनि अमेरिकामा ६ वर्षका एक बालक बन्दुक लिएर गएको घटना सार्वजनिक भएको थियो । उनले आफ्ना शिक्षकलाई घाइते बताएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?