+
+

एलन मस्कले किन बन्द गराए दिल्ली र मुम्बईमा रहेका ट्वीटर कार्यालय ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते ७:४१

काठमाडौं । ट्वीटरले भारतमा रहेका आफ्ना दुईवटा कार्यालय बन्द गरेको छ । कम्पनीले दिल्ली र मुम्बईमा रहेका आफ्ना कार्यालय बन्द गरी त्यहाँ कार्यरत कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो । यद्यपि बैंगलोरमा रहेको ट्वीटरको एउटा कार्यालय भने सञ्चालनमै रहनेछ ।

गत वर्ष ट्वीटर कम्पनी खरीद गरेसँगै एलन मस्कले कर्मचारी कटौतीदेखि अन्य विभिन्न खालका निर्णयहरु गरिरहेका छन् । मस्कले यसअघि नै भारतमा कार्यरत ट्वीटरका ८० प्रतिशत कर्मचारी कटौती गरिसकेका छन् । अन्ततः उनले दिल्ली र मुम्बईमा रहेका ट्वीटरका कार्यालय नै बन्द गर्ने निर्णय गरेका हुन् ।

मस्कले ट्वीटरका अफिस बन्द गर्ने निर्णय गरेको भारत पहिलो देश होइन । यसअघि पनि विभिन्न मुलुकमा रहेका ट्वीटरका कार्यालयहरु बन्द भैसकेका छन् । भारतस्थित दुई कार्यालय बन्द गर्ने कार्य ट्वीटरको खर्च कटौतीकै कदमको रुपमा रहेको छ ।

स्मरण रहोस् आर्थिक संकटका कारण ट्वीटरले सनफ्रान्सिस्को तथा लण्डनस्थित कार्यालयहरुको भाडा समेत तिर्न सकेको थिएन । जसका कारण कन्ट्रयाक्टरहरुले ट्वीटरमाथि मुद्दा हालेका थिए । ट्वीटर कम्पनी लामो समयदेखि घाटामा चलिरहेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?