+
+

संघीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धी कानून परिमार्जन गर्दैछौं : सञ्चारमन्त्री शर्मा

रासस रासस
२०७९ फागुन ७ गते १७:०३

७ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन् ।

आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताएकी हुन् ।

उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन,कानूनहरुलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयीक सुधार गर्ने बताइन् । मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने औल्याइन् ।

उनले भनिन्, ‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनामा अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन परिमार्जन एवम नयाँ कानून बनाई समसामयिक सुधार गर्न लागिपरेको छ। नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षहरुको सकारात्मक सहयोग गर्न आह्वान गर्न चाहन्छु।’

उनले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमुलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । उनले भने, ‘राष्ट्रिय समाचार समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधारगरी समयअनकुल बनाई अझ विश्वशनीय, सशक्त र प्रभावकारी समचार स्रोतको रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता छ ।’

उनले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पतीको संरक्षण, संवद्र्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोतहरु खोज्न सुझाव दिइन् ।

उनले भने, ‘सूचना प्रविधि र रुचिमा आएको परिर्वतनलाई सम्बोधन गर्न खोजमुलक समाचाार संकलन कार्यलाई प्राथमिकता दिइ सोही अनुसार स्थानीय संवादाताहरुले व्यवस्थित रुपमा समाचार संकलन गरी सोवग्राही वृद्धि गर्न सक्नुपर्छ । संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्ने आर्थिक रुपमा मितव्यी बन्ने र भौतिक सम्पतीको संरक्षण संवद्र्धनलाई प्राथमिकता दिँदै आम्दानीका अन्य स्रोतहरु समेत पैलाएर आफूलाई आत्मनिर्भर बनाउनुपर्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?