+
+

एसियाडका लागि कराते राष्ट्रिय टिमको प्रारम्भिक छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १९:४४

७ फागुन, काठमाडौं । आगामी सेप्टेम्बर-अक्टोबरमा चीनको हाङझोउमा आयोजना हुने एसियन गेम्सका लागि करातेको राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको निर्देशनमा नेपाल कराते महासंघले आयोजनामा सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न भएको छनोट प्रतियोगिताबाट विभिन्न तौल समूह र कातामा गरी कूल ४८ खेलाडी छनोट भएका छन् ।

पुरुषतर्फ ६० केजी तौल समूहमा पुलिसका सोनाम लामा, आर्मीका विजय रिमाल, एपीएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए ।

६७ केजीमा बागमतीका एलोन श्रेष्ठ, पुलिसका सन्तोष श्रेष्ठ, आर्मीका कृतन महर्जन र बागमतीका अमृत थोकर छनोट भए ।

पुरुष ७५ केजीमा एपीएफका सुवास घतानी, गण्डकीका सज्वल बुढाथोकी, आर्मीका किरण पुन र प्रदेश-१ का रुरीहाङ दुमी छनोट भए । पुरुष ८४ केजी मुनि एपीएफका मोहमद शेख आलम, बागमतीका आशिष थापा,प्रदेश-१ का ईश्वर धन राई र आर्मीका सुरेश जाप्रेल छनोट भए ।

पुरुष ८४ केजी माथि पुलिसका विप्लवलाल श्रेष्ठ, एपीएफका डिगम्बर पन्त, आर्मीका विपिन राज सिंह दर्जी र बागमतीका सुमोन ब्लोन छनोट भए ।

महिलातर्फ ५० केजीमा बागमतीकी अन्जली महर्जन, आर्मीकी मिस्ली श्रेष्ठ, बागमतीकी नानु शाक्य र पुलिसकी सबिना श्रेष्ठ छनोट भए भने ५५ केजी महिलामा पुलिसकी जिया कार्की, गण्डकीकी अनु गुरुङ, आर्मीकी सानु माया थिङ र सुदुरपश्चिमकी पुष्पा मदाई छनोट भएकी छन् ।

६१ केजीमा एपीएफकी रमिता माझी, पुलिसका अर्मिला डिसी र सोनी राई, आर्मीकी निरुपा तामाङ छनोट भए ।

महिला ६८ केजी मुनि एपीएफकी डायना ओझा, बागमतीका बिनिता श्रेष्ठ, श्रद्दा थापा र आशिका राई तथा महिला ६८ केजी माथि पुलिसकी अरिका गुरुङ, बागमतीका रोजिता ढुंगेल तथा महिमा राई र लुम्बिनीकी दिया थापा छनोट भएकी छन् ।

पुरुष एकल कातामा एपीएफका सोनिम मानन्धर, आर्मीका प्रविन मानन्धर, पुलिसका महशुस मोक्तान र बागमतीका रेहन जावेद तथा महिला एकल कातामा पुलिसकी चन्चला दनुवार, कर्णालीकी एलिसा मगर, पुलिसकी सरु कार्की र आर्मीकी रिना श्रेष्ठ छनोट भएका छन् ।

एसियन गेम्स गत वर्ष नै चीनमा हुने भनिएपनि कोभिड-१९ का कारण स्थगित भएको थियो र २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्मको मिति तोकिएको छ । प्रारम्भिक छनोटमा परेका खेलाडीको बन्द प्रशिक्षण छिट्टै सुरु गर्ने प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?