
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्गत बसुन्धरा शाखा र विजयपुर शाखाले विद्यालय र टोल सुधार समितिलाई आवश्यक सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई आवश्यक सामग्री सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार बसुन्धरा शाखाले तारकेश्वर नगरपालिका–९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी सहयोग गरेको छ । कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराइरहेको यस विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
यस्तै बैंकको विजयपुर शाखाले पोखरा उपमहानगरपालिका–२६ मा अवस्थित कडेनी प्रगती टोल विकास संस्थालाई डस्टबिन तथा कुर्सी सहयोग गरेको छ । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापन लागि उक्त सामग्री सहयोग गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4