+
+

सर्लाहीमा ३ जना फरार अभियुक्तद्वारा आत्मसर्मपण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १३:५२

९ फागुन, वीरगञ्ज । सर्लाहीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना मुद्दा तीन जना प्रतिवादीले आत्मसर्पण गरेका छन् ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नं.४ बस्ने ४४ वर्षीय धर्मेन्द्र साह, ३७ वर्षीय राजीव कुमार यादव र ५० वर्षीय देवेन्द्र राय यादवले प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् ।

आत्मसर्पण गरेका तीनै जनालाई सर्लाही जिल्ला अदालतमा फागुन ८ गते पेश गरिएकोमा धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

धमेन्द्र २ लाख, राजिब र देवेन्द्र १ लाख ५० हजार, १ लाख ५० हजार धरौटी तिरेर छुटेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।

०७५ साल कात्तिक १२ गते सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली काँग्रेस र तत्कालीन नेकपा कार्यकर्ताहरुकाबीच विकास निर्माणको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

विवादले उग्र रुप लिँदा दुई पक्षबीच झडप हुँदा चलेको गोली पेट र मुखमा लागेर स्थानीय राम विलास महतोको मृत्यु भएको थियो भने राम नरेश महतोको खुट्टा भाँच्चिएको थियो ।
राम नरेश काँग्रेसबाट निर्वाचित तत्कालिन वडा अध्यक्ष हुन भने मृतक राम विलास उनको काका थिए ।

त्यसबखत घटनामा संलग्न रहेका अभियुक्तहरु फरार भएका थिए । झण्डै साढे चार वर्षपछि घटनामा संलग्न तीन जनाले प्रहरी समक्ष सोमबार आत्मसमर्पण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?