+
+

बुद्ध एयरको दाबी : जहाजमा चराको रगत, प्वाँख भेटिएन 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १४:२४

९ फागुन, काडमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको जहाजमा चरा ठोक्किएको घटना सोमबारको भएको बुद्ध एयरले पुष्टि गरेको छ ।

यद्यपि जहाजमा चराको प्वाँख, रगत नलागेको र जहाजमा समेत कुनै क्षति नभएका कारण विमानस्थलमा रिर्पोटिङ गर्नु नपरेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

‘भिडियो सामाजिक सञ्जालमा आएपछि पोखराबाट स्टेसन म्यानेजर नै चरा खसेको स्थानमा पुगेर हेर्नु भएको रहेछ,’ उनले अनलाइनखबरसँग भने, ‘चरा जहाजको नजिकै आउँदा ध्वनि र हावाको वेगका कारण जहाजमा नछोएपनि झरेको अनुमान छ ।’

यद्यपि विमानस्थल नजिकै यस्तो गतिविधिले उडान सुरक्षामा गम्भीर असर पुग्ने उनले बताए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने जहाज उड्दै गर्दा दुई वटा गिद्ध वेगसँग झरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?