+
+
Shares

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रचण्डसँग प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १७:३५

९ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

‘गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको मान्छे महन्थ ठाकुरजी हुनुहुन्छ’ ठाकुरसँगै बालुवाटार पुगेका नेता शुक्लले भने, ‘उहाँको स्वच्छ छवि छ । उहाँ यसको लागि उपयुक्त पात्र हुनुहुन्छ । त्यसैले उहाँलाई राष्ट्रिय सहमतिको पात्रका रुपमा अगाडि बढाइयोस् भन्न हामी गएका थियौं ।’

प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिएको शुक्लले बताए । ‘तपाईंहरुले नभनेको भए पनि मैले महन्थजीका बारेमा सोचेकै हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै शुक्लले भने, ‘म सकारात्मक छु, अरु ठूलो दलसँग पनि कुरा गर्नुहोस् ।’

आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने शुक्लले बताए । एमाले अध्यक्ष ओलीसँग मंगलबार नै र कांग्रेस सभापति देउवासँग बुधबार भेटघाट तय भएको उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?